सरकारी निवासमा ओली पक्षीय भेला सकियो

   ६ पुष २०७७, सोमबार १२:२४  

६ पुस, रौतहट । बालुवाटारमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले छलफलको लागि बोलाइएको बैठक सकिएको छ ।

सोमबार बिहान सरकारी सिनवासमा ओलीले आफू पक्षीय नेताहरुलाई बोलाएका थिए । भेलामा विघटित प्रतिनिधि सभाका १ सयभन्दा बढी सांसद तथा केन्द्रीय नेताहरु सहभागी थिए ।

हिजो संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि त्यसको विरोध सुरु भएको विषयमा छलफल गर्न ओलीले आफू निकटका नेतालाई बालुवाटार बोलाएको बैठक सकिएको छ ।

भेलामा सबै पूर्व नेकपा एमालेका थिए । तर, पूर्वमाओवादीतर्फबाट लेखराज भट्टमात्र सहभागी भएका थिए ।