ओलीले बोलाएको बैठकमा सांसद कृष्णप्रसाद दाहाल अनुपस्थित

   ६ पुष २०७७, सोमबार १२:०९  

६ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा¬)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आज बोलाएका बैठकमा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल अनुपस्थित भएका छन् ।

आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू सांसदहरुको छुट्टै बैठक बोलाएको छ ।

दाहालले आफूसहित २० जना सांसदहरु दुवैतिरको बैठकमा नजाने बताए ।