ओली पक्षका सांसदहरुको बैठक सरकारी निवासमा सुरु

   ६ पुष २०७७, सोमबार ११:३८  

६ पुस, रौतहट । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक सुरु भएको छ । आज बसेको बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि हुन् ।  लेखराज भट्टसमेत सहभागी छन् ।

आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन् ।

संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

तर, बालुवाटारमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) बैठकमा सहभागी छैनन् ।