संसद् विघटनको प्रस्तावपछि; बारामा नेकपा र जसपाका कार्याकर्ताहरुको विरोध प्रदर्शन
५ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव गरेपछि, बाराको कलैयामा बिरोध प्रदर्शन सुरु भएको छ ।
आज दिउँसो १ बजे कलैयाको भरत चौकमा नेकपा र जसपाका कार्याकर्ताहरुले ओली विरुद्ध नारा लगाउँदै प्रदर्शन सुरु गरेको हो ।
ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै टायर बालेर नाराबाजी गरेका छन् ।
जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथि ओलीले प्रहार गरेको भन्दै संसद् विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन् ।