ओलीको संसद सिफारिसपछि; आन्तरिक छलफलमा राष्ट्रपति भण्डारी

   ५ पुष २०७७, आईतवार १४:२९  

५ पुस, रौतहट । संसद विघटनसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारी आन्तरिक छलफलमा जुटेकी छिन् ।

आइतबार बिहान राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीले संसद विघटनसम्बन्धी सिफारिस बुझाएर फर्किएपछि, भण्डारी आन्तरिक छलफलमा जुटेकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसबारे राष्ट्रपति भण्डारीले आन्तरिक छलफल सुरु गरेको जनाइएको छ । ओलीले आज बिहान आकस्मिक मन्त्रिपरिषद बैठक डाकेर संसद विघटनको सिफारिस गरेका थिए ।

ओलीको यो कदमको चारैतिर विरोध र आलोचना सुरु भएको छ ।