संसद विघटन गर्ने सिफरिस गरेपछि; ५ जना मन्त्रीको राजीनामा दिने
५ पुस, रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफरिस गरेपछि, पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने तयारी गरिएका छन् । उनीहरुले त्यसका लागि आन्तरिक भेटवार्ता सुरु गरेका एक मन्त्रीले जनाएका हुन् ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगरले राजीनामा दिने तयारी गरेको बुझिएको श्रोतले जनाएको छ ।
तर, माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले हाल राजीनामाबारे कुनै निर्णय नगरेको बुझिएको छ । उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने एक मन्त्रीले जनाए ।






