बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता सुरु
५ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ ।
नेकपाले आज १ बजे स्थायी कमिटीको बंठक बोलाएको थियो । तर, अहिलेसम्म बैठक सुरु भएको छैन् ।
सञ्चारविज्ञ रामशरण बजगाइँले दिएका जानकारी अनुसार आज बोलाइएको बैठक सुरु नभएपनि बालुवाटारमा दुई अध्यक्षबीच छलफल सुरु भएको छ ।