संसद् विघटनको सिफारिशपछि; देउवाको गम्भीर असहमति

   ५ पुष २०७७, आईतवार १३:४२  

५ पुस, रौतहट । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको सिफरिश गर्ने सरकारको कदम अधिनायकवादउन्मुख भएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिश गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया लेख्दै देउवाले अधिनायकवादउन्मुख कदमप्रति आफूहरूको गम्भीर असहमति रहेको उल्लेख गरेका हुन् ।