प्रधानमन्त्री ओलीको प्रस्ताव; २३ वैशाखमा आमचुनाव गर्ने

   ५ पुष २०७७, आईतवार १३:२४  

५ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ बैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

आइतबार बिहान गरेका संसद विघटनको सिफरिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेका हुन् । स्रोतले जानकारी दिएका अनुसार चुनाव बारे २९ बैशाखको विकल्पमा पनि छलफल भइरहेको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ ।