प्रतिनिधि सभा निर्वाचन वैशाख १७ र २७ दुई चरणमा गर्ने प्रधानमन्त्रीको तयारी
द नेपाल मिडिया
५ पुष २०७७, आईतवार १३:१२
५ पुस, रौतहट । प्रधामन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेलगत्तैमा निर्वाचन दुई चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने प्रस्तावको तयारी गरेका छन् ।
ओलीले २०७८ बैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्न प्रस्तावको तयारी गरेका बालुवाटारनिकट स्रोतले जनाएको हो ।
मन्त्रिपरिषद्ले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली शीतल निवास गएका थिए ।






