संसद विघटन प्रस्तावको विरोध; बामदेवको न समर्थन न विरोध

   ५ पुष २०७७, आईतवार १३:००  

५ पुस, रौतहट । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान संसद विघटन गर्न राष्ट्रपति समक्ष रिफारिस गरेसंगै चौतफी विरोध सुरु भएको छ ।

सबै दलले आफ्नो आधिकारिका धारणा सार्वजानिक गर्न आस्मिक बैठक बोलाएसंगै कतिपय नेताहरुले सामाजिक संजालमार्फत ओलीले चालेको कदमको आलोचना र विरोध गरेका हुन् ।

तर, नेकपाका उपाध्यक्ष बामदेव दगौतमले संसद विघटन गर्ने ओलीले गरेको सिफारिसको न विरोध न समर्थन गर्ने जनाएका छन् ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफरिसलाई पर्ख र हेरको अवस्थामा रहेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए ।