गौर नगरपालिकाको प्रशासनिक भवन निर्माणको शिलान्यास

   १६ असार २०८३, मंगलवार १६:१९  

असार १६, रौतहट । गौर नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणको औपचारिक सुरुवात गर्दै सोमबार भवनको शिलान्यास गरेको छ ।

गौर नगरपालिकका मेयर शम्भू साहले शिलान्यास गर्दै आधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणले नगरवासीलाई प्रवाह हुने सेवा थप प्रभावकारी, व्यवस्थित र सहज हुने बताए ।

नगरपालिकाका अनुसार भवन निर्माणको कुल अनुमानित लागत रु. ३ करोड ७१ लाख ३० हजार ६० रहेको छ । सार्वजनिक खरिद प्रक्रियाअन्तर्गत टेन्डरमार्फत २९ प्रतिशत कम लागत मा निर्माण सम्झौता भएपछि निर्माणको प्रक्रिया अगाडी बढाएको हो ।

निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार २०८५ साल असार १० गतेभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

नगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माणसँगै एउटै परिसरबाट नागरिकलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको मेयर साहले बताए ।