कुमार पौडेलको ‘इन्काउन्टर’ मा तत्कालीन गृहमन्त्री, आइजिपी सहित १२ जनाविरूद्ध अनुसन्धान गर्न परमादेश

   २९ फाल्गुन २०८२, शुक्रबार १६:०७  

२८ फागुन, काठमाडौं । विप्लव समूहका नेता कुमार पौडेलको ६ वर्ष पुरानो ‘इन्काउन्टर’ घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजिपी सर्वेन्द्र खनालसहित १२ जनाविरूद्ध फौजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।