प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

   १४ चैत्र २०८१, शुक्रबार १७:५२  

राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएकाे  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशाेर शाहले बताए ।

बैठक बेलुका ८ बजे बस्नेछ। राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेना खटाएको छ।