एमालेले भन्यो- राष्ट्रिय सरकारको कुरा बेमौसमी

   ३ चैत्र २०८१, सोमबार १७:०१  

४ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारबारे अहिले चलिरहेको चर्चालाई बेमौसमीको संज्ञा दिएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले संकटको अवस्थामा कसैले पनि सत्तामा जाने भर्‍याङ बनाउन नहुने बताए ।

राष्ट्रिय सहमतिको सरकारबारे उनले भने, ‘यो एकदमै बेमौसमी विषय हो। यो बिषयमा हामी प्रवेश गरेनौं। यस्तो बेलामा पनि भागबन्डा खोज्ने भनेको चाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्‍याङ बनाउन खोज्या हो ?’