बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा

   १२ असार २०८०, मंगलवार १४:४७  

१२ असार, काठमाडौं । सरकारले बकर इदका अवसरमा पर्सि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।