चोरिएको मोटरसाइकलसहिट चन्द्रपुरबाट तीन जना पक्राउ
२३ वैशाख, । चोरिएको मोटरसाइकलसहित रौतहटको चन्द्रपुरबाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीका १९ वर्षीय श्याम महतो, १९ वर्षीय नजरे नदाफ र सप्तरी घर भएको २० वर्षीय सिद्धार्थ महतो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मधेस प्रदेश ०२-००५ प ९४२५ नम्वरको यमहा कम्पनीको मोटरसाइकल, ना.४६ प ६२४७ नम्बरको हिरो कम्पनीको सुपर स्पेलेण्डर मोटरसाइकल तथा बा. ६९ प ९३६१ नम्बरको बजाज कम्पनीको २०० सिसीको मोटरसाइकल चोरी गरेको अभियोगमा तीनै जनालाई हिरासतमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका डिएसपि एकनाराण कोइरालाले जानकारी दिए ।
जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।






