१५ किलो गाँजासहित धनुषाबाट चारजना पक्राउ

   २२ बैशाख २०८०, शुक्रबार १७:२५  

२२ वैशाख, धनुषा । लागुऔषध गाँजासहित धनुषाबाट ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मिथिला नगरपालिकाका १० लालगढबाट गाँजासहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सर्लासीको हरिवन नगरपालिका ३ का ३१ वर्षीय फेकन साह, २१ वर्षीय सन्तोष दास, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर १ का २६ वर्षीय अमित कुमार यादव र २२ वर्षीय रबिन कुमार यादवलाई गाँजासहित हिरासतमा दिएको हो ।

सवारी चेकजाँच गर्ने क्रममा दास र साह चढेको प्रदेश २-०३-००७प.८५४१ नम्वरको मोटरसाइकल तथा यादवद्वय चढेको ज.४ प. ७७३३ नम्वरको मोटरसाइकल चेकजांच गर्दा उनीहरुको साथबाट गाँजा फेला परेकोले मोटरसाइकलसहित चारै जनालाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट १० किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । पक्राउ परेका चारै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।