बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच छलफल सुरु

   १० फाल्गुन २०७९, बुधबार १३:०२  

१० फागुन, रौतहट । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल सुरु भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बुधबार दुई नेताबीच राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भएको बताइएको छ ।