आज माघे संक्रान्ति पर्व मनाइँदै

   १ माघ २०७९, आईतवार १२:०५  

१ माघ, रौतहट । आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।

थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा पनि मान्ने गर्छन् भने मगर समुदायको पनि यो मुख्य चाड हो । आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।

हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

घ्यु, तरूल, चाकु, खिचडी, तिलको लड्डु लगायतका खाने कुरा खाएर यो दिन हर्षोल्लासका साथ मनाइन गरिन्छ ।