पेस्तोलसहित कैलालीबाट २ जना पक्राउ
adminbackup
२८ पुष २०७९, बिहीबार १२:५१
२८ पुस, कैलाली । पेस्तोलसहित कैलालीको गौरीगंगाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ९ भगवानपुरका बस्ने ३६ वर्षीय महेन्द्र देउवा र राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायत रहेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले देउवाको घरबाट पेस्तोलसहित दुवै जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनी दुवै जनामाथि यसबारे अन्ुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






