स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिक पक्राउ

   २७ पुष २०७९, बुधबार १०:३७  

२७ पुस, धनुषा । स्रोत नखुलेको रकमसहित धनुषाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेश कुमार साहलाई स्रोत नखुलेको नगदसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको बी.आर. ३२ ए.सी ७६७९ नम्बरको स्कुटरमा सवार उनलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा डिक्की भित्र लुकाईछिपाई राखेको अवस्थामा १६ लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

निजको साथबाट बरामद भएको रकमको स्रोत नखुलेको कारण उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।