हुण्डी कारोबार गर्ने एक युवक पक्राउ

   २६ पुष २०७९, मंगलवार ११:३५  

२६ पुस, पर्सा । हुण्डी कारोबार गर्ने एक जनालाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पीरगञ्ज महानगरपालिका १७ बस्ने १९ वर्षीय राजन कुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले साहलाई १२ लाख २० हजार रुपैयाँसहित हिरासतमा लिएको हो । सोमबार साँझ पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।