भन्सार छलेर ल्याएको सामानसहित २ जना पक्राउ
२५ पुस, रौतहट । भन्सार छलेर ल्याएको सामानसहित रौतहटबाट दुई जना पक्राउ परेका छन् ।
जिल्लाको ईशनाथ नागरपालिका वडा नम्बर ४ महुलीयास्थित नेपाल-भारत सिमाबाट भन्सार छलेर ल्याउदैँ गरेको सामानसहित गौर नगरपालिका ४ का २१ वर्षीय राजन कुमार राय यादव र सोही स्थानका २२ वर्षीय अनिल साह पक्राउ परेको प्रहरीले जनाएको छ ।
नाकामा सवारी चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रोकी चेक गर्ने क्रममा उनीहरुको साथबाट १५ थान मोबाईल बरामद भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी ७ बजेतिर पक्राउ परेका उनीहरुको साथबाट बरामद भएको मोबाईको मूल्य करिब २ लाख ६२ हजार ५ सय रुपैयाँ बराबर रहेको छ ।
यस्तै, रौतहटको परोहा नगरपालिका वडा नम्बर ७ र ८ बाट बेवारिसे अवस्थामा यूरीया मल ५७ बोरा, चिनी १३५ किलो बरामद भएको प्रहरीले जनाएको छ ।
बेवारिसे अवस्थामा बरामद भएको सामानको मूल्य करिब ७९ हजार २ सय रुपैयाँ बराबर रहेको छ । बरामद भएको सामान तथा मोबबाईलसहित दुवै जनालाई आवश्यक कारवाहीको गौर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






