बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु, १७ जना घाइते
२५ पुस, रौतहट । भारतको गुजरातमा बस दुर्घटना हुँदा ३ जना नेपाली नागरिकसहित ४ जनाको मृत्यु भएको छ ।
भारतको गुजरातबाट लखनउतर्फ आउँदै गरेको यात्रुबाहक बस शनिबार मध्यराति १२ बजेतिर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
भारतमा भएको बस दुर्घटनामा परेर ज्यान गुमाएकका तीनै जना नेपाली नागरिक कैलाली टीकापुरका रहेको प्रहरीले जनाएको छ ।
हाल उनीहरुको परिचय खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको छ, भने अन्य १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।






