करणी आरोपमा निजगढबाट एक भारतीय पक्राउ

   १९ पुष २०७९, मंगलवार १३:२४  

१९ पुस, बारा । करणी आरोपमा निजगढबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दैँ ३७ वर्षीय लालबाबु चौधरीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित डेरामा बस्दैँ आएका भारतको मजफरपुर थाना सरहिया ग्राम घर भएको लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

डेरामा पुगेकी तीबालिकालाई ललाइफकाइ चौधरीले जबरजस्ती करणी गरेको भन्दैँ पीडितका आफन्तले प्रहरीमा उजुरी दिएको थियो ।

पीडितका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।