सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

   १८ कार्तिक २०७७, मंगलवार १६:३१  

१८ कार्तिक, रौतहट । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला रु ४०० ले बढेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँले बढेको महासंघले जनाएका छन्।

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भई एक हजार २ हजार १० पुगेको महासंघले जनाएको छ ।