कोरोना संक्रमितको संख्या नेपालमा थपिदैँ
adminbackup
१५ पुष २०७९, शुक्रबार १६:१६
१५ पुस, रौतहट । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८ सय ८१ जनाको स्वाब नमूना परीक्षण गर्दा ४ जनाको कोरोना रिपोर्ट पोजेटभ आएको छ ।
यस्तै, कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हाल देशभर उपचाररत संक्रमितको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






