ट्याक्टरले च्यापिएर कैलालीमा चालकको मृत्यु

   १४ पुष २०७९, बिहीबार १३:३६  

१४ पुस, कैलाली । ट्याक्टरले च्यापिएर कैलालीमा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा ट्याक्टरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बेलुकी ७:४५ बजेतिर फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा टायरमा च्यापिएर गौरीगंगा नगरपालिका ४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।