सुनचाँदीको मूल्यमा सामान्य गिरावट
१४ पुस, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको कारोबार बिहीबार प्रतितोला १ लाख ४ सय रुपैयाँ तोक्किएको छ । यसअघि बुधबार तेजावी सुनको कारोबार एक लाख ६ सय रुपैयाँमा भएको थियो ।
त्यसैगरी, प्रतितोलामा २० रुपैयाँले घटेको बिहीबार चाँदीको मूल्य १ हजार ३ सय ८० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






