मौलापुरस्थित एक कुखुरा फर्ममा आगलागी
adminbackup
१३ पुष २०७९, बुधबार १५:३९
१३ पुस, रौतहट । रौतहटको मौलापुरस्थित एक कुखुरा फर्ममा आगलागी भएको छ ।
जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ७ घर भएका नन्हकु दासले संञ्चालन गरेको कुखुरा फर्ममा आज आगलागी भएको छ । फर्ममा आगलागी हुँदा एक सय कुखुराको चल्ला, ५ बोरा दाना र फर्म जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगोलाई स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको हो ।
हाल आगलागीबाट भएको क्षत तथा घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।






