रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु
adminbackup
१३ पुष २०७९, बुधबार १५:००
१३ पुस, धनुषा । रेल चढ्ने क्रममा खुट्टा फस्दाँ जनकपुरमा एक जनाको मृत्यु भएको छ ।
जयनगरबाट जनकपुरधाम जादैँ गरेको रेल चढ्ने क्रममा खुट्टा फस्दाँ धनुष नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सादाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जयनगरबाट जनकपुरधाम जादैँ गरेको रेल वैदेही स्टेसनमा चढ्ने क्रममा खुट्टा उछिटिएर उनी तल खसेका थिए । तल खसेको सादाको रेलले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।






