प्रधानमन्त्री प्रचण्ड आज बालुवाटार जादैँ

   १३ पुष २०७९, बुधबार १३:४९  

१३ पुस, रौतहट । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सरकारी निवास बालुवाटार जाने भएका छन् ।

आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री प्रचण्ड सर्ने लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड आज बेलुका ५ बजे परिवारसहित बालुवाटार छिर्ने भएका हुन् ।

बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर बेलुका ५ बजे उनी परिवारसहित बालुवाटार सर्न लागेका हुन् ।