हत्या आरोपमा धनुषाबाट युवक पक्राउ

   १३ पुष २०७९, बुधबार १३:२९  

१३ पुस, धनुषा । हत्या आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् ।

जिल्लाको विदेह नगरपालिका ७ वेलापट्टिबाट २० वर्षीय दिलीपकुमार साहलाई हत्या अभियोगमा हिरासतमा लिएको प्रहरीले जनाएको छ । आफ्नै काकी ३० वर्षीय कवितादेवी साहको हत्या आरोपमा साहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सोमबार साँझ आफ्नै घरमा कवितादेवीको शव र उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा हत्यामा दिलीपको संलग्नता देखिएको र उनको हातको बूढीऔँला तथा घाँटीमा समेत घाउ रहेको प्रहरीले जनाएको छ ।

शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।