आज बालुवाटार छाड्दै शेरबहादुर देउवा
११ पुस, रौतहट । सरकारी निवास बालुवाटार छाडेर आज निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा निजी निवास जाने भएका छन् ।
बुढानीलकण्डस्थित निजी निवासमा सोमबार निर्वतमान प्रधानमन्त्री देउवा जान लागेको स्रोतले जनाएको छ ।
आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमनत्री पदमा निर्वाचित भएकापछि निर्वतमान प्रधानमन्त्री देउवा सरकारी निवास छाडेर निजी निवास फर्केका छन् ।
स्रोतका अनुसार आज अपराह्न ४ बजे अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन् ।






