आज सुनको मूल्यमा सामान्य वृद्धि

   १० पुष २०७९, आईतवार १२:०४  

१० पुस, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आइतबार १ लाख रुपैयाँ तोक्किएको छ । यस्तै, सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य स्थिर नै रहेको छ ।

यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ ।