युरेनियम जस्तै देखिने बस्तु सहित तीन जना पक्राउ

   १० पुष २०७९, आईतवार १०:५०  

१० पुस, बारा । युरेनियम जस्तै देखिने बस्तु सहित बाराबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका २ का २२ वर्षीय बृज सहनी, जीतपुर सिमरा उपमहानगरपालिका ७ बस्ने रबि चौधरी र सोही उपमहानगरपालिका ५ निवासी ३० वर्षीय सागर चौधरी रहेको प्रहरीले जनाएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका ७ स्थित आदित्य होटेलबाट शनिवार साँझ तीनै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा सशस्त्र बेस क्याम्प जीतपुरखटिएको प्रहरी टोलीले युरेनियमसहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता अमरबहादुर खत्रीले जनाएको छ ।

२ किलो युरेनियमसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा बुझाईएको छ ।