आफ्नै श्रीमतीलाई करेन्ट लगाएर हत्या, श्रीमान् पक्राउ
७ पुस, पर्सा । आफ्नै श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा रिंकु कुमारी दासलाई करेन्ट लगाएर हत्या गरेको अभियोगमा श्रीमान् कुशल कुमार दासलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लगाएर हत्या गरे पश्चात् गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक पत्नीको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए ।
घटना लुकाउनको लागि प्रयोग गरिएको ना३च ६२४७ नम्बरको गाडी र मृतकको श्रीमान् लाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






