विवाह समारोहमा नाच्न नदिएको भन्दैँ निर्घात कुटपिटबाट एकको मृत्यु

   ६ पुष २०७९, बुधबार १७:३५  

६ पुस, पर्सा । विवाह समारोहमा नाच्न नदिएको झोमा निर्घात कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ ।

पर्साको जिराभवानी गाउँपालिकामा विवाह समारोहमा नाच्न नदिएको निहुँमा भएको झगडाको क्रममा निर्घात कुटपिट गर्दा ३३ वर्षीय सैमुल्लाह राउत गदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान उनी आफ्नै घरमा अचेत अवस्थामा भेटिएका थिए । गदीलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

सरुम राउत गदीको बिहेमा मंगलबार गएराति ११ बजे नाच्न नदिएको विषयमा झगडा हुँदा उनमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
बिहेमा आएका व्यक्तिहरूलाई मृतक गदीले नाच्न नदिएपछि जिराभवानी गाउँपालिका ४ कै जाजुल राउत गदीसमेतले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।