टिप्परको ठक्करबाट अटोमा सवार बालकको मृत्यु, आमा घाइते
६ पुस, कैलाली । कैलालीको गोदावरी नगरपालिकामा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ, भने आमा घाइते भएकी प्रहरीले जनाएको छ ।
जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्र्तगत टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा गोदावरी नगरपालिका ७ घर भएको ४ वर्षीय भरत ठकुल्लाको मृत्यु भएको छ भने आमा २९ वर्षीय पेन्टि ठकुल्ला घाइते भएकी हुन् ।
आज बिहान गोदावरी नगरपालिका ६ लालपुरमा सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा अटोमा सवार भरतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, घाइते पेन्टिको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटो चालक २८ वर्षीय मोहन बोहरा पनि समान्य घाइते छन् ।
घटना पश्चात् टिप्परसहित चालक धनगढी उपमहानगरपालिका ७ का ४२ वर्षीय प्रदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेको उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






