करणी आरोपमा मोरङबाट दुई जना पक्राउ
४ पुस, मोरङ । करणी आरोपमा मोरङबाट दुई जना पक्राउ परेका छन् ।
बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ घर भएका २० वर्षीय सचिन तिम्सिना र वडा नम्बर ६ का २१ वर्षीय प्रताप तामाङलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ५ घर भएका दुई जना बालिकालाई स्कुलबाट घर फर्कदै गरेका अवस्थामा उनीहरुले जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत पुस १ गते (बिहीबार) करणी गरेको भन्दैँ पीडितका आफन्तहरुले आरोपीविरुद्ध आइतबार साँझ प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरुलाई हिरासतमा लिएको छ ।
पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






