पेट्रोलियम पदार्थको मूल्य घट्यो

   २ पुष २०७९, शनिबार १३:५६  

२ पुस, रौतहट । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि इन्धनको मूल्य घटाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसंगै शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ ।

पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको आयल निगमले जनाएको छ । आयल निगमले इन्धनको मूल्य घटाएसंगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८, डिजेल र मटितेलको प्रतिलिटर मूल्य १ सय ७५ रुपैयाँ कायम भएको छ ।

यस्तै, हवाई इन्धन र एलपी ग्याँसको मूल्य स्थिर नै रहेको निगमले जनाएाको छ ।

त्यस्तै, यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १ सय ७८ रुपैयाँमा बिक्री हुदैँ आएको थियो ।