नुवाकोटमा बस दुर्घटना हुँदा १८ जना घाइते, ७ जनाको अवस्था गम्भीर
२४ मंसिर, नुवाकोट । नुवाकोटमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० भैंसेमा दुई वटा बस एक आपसमा ठोक्किँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएको १८ जनामध्ये ७ जनाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निर्माण कार्या भइरहेको ले त्रिशूली–बेत्रावती सडक खण्ड बन्द भएकोले त्रिशूली नदी पारिको वैकल्पिक सडकमा बा ४ ख ८८२ नम्बरको बस मोड्दै गर्दा सोही विपरीत दिशा बेत्रावतीबाटै आइरहेको प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको छ ।
विपरीत दिशाबाट आएर ठोकिएको प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बस सडकमै पल्टेको प्रहरीले जनाएको छ । दुर्घटनामा परे गम्भीर घमइते भएका ७ जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।






