सप्तरीमा थपिए २७ संक्रमित, बाँकेबाट ३८ जना डिस्चार्ज

   २६ आश्विन २०७७, सोमबार ११:२२  

२६ असोज, रौतहट । सपतरीमा थप २७ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित थप २७ जनाको कोरोना रिपोटै पोजेटिभ आएको हो । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह समेत गरेका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका छन् । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म १ हजार ४ सय १ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ, भने हालसम्म १ हजार १ सय १२ जना कोरोनामुक्त पनि भइसकेका छन् । मृत्यु हुनेमा ३ महिला र २१ जना पुरुष रहेका छन् ।

त्यसैगरी, बाँकेमा जिल्लामा थप ३८ जनाले कोरोना जितेर डिष्चार्ज भएका छन् ।

बाँकेमा रहेका विभिन्न आइसोलेसनबाट १३ महिला र २५ पुरुषले कोरोनामुक्त भएर डिष्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ, भने अब आइसोलेसनमा ५ सय ३२ जना छन् ।