ओली–प्रचण्डबीच छलफल भएपनि सहमति भएन

   ११ आश्विन २०७७, आईतवार १४:२२  

११ असोज, रौतहट । मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डबीचको छलफल सकिएको छ ।

छलफललाई अझै निरन्तरता दिनेगरी अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएको बुझिएको छ ।

आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा ठोस सहमति भने हुन नसकेको बुझिएको छ । ओली र प्रचण्डबीच गत बिहीबार, शुक्रबार र आइतबार वार्ता भएपनि ठोस सहमति जुटिनसकेको दुवै नेता निकट स्रोतले जनाएका छन् ।