जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
१६ असार, रुपन्देही । जंगली च्याउ खाँदा रुपन्देहीको बुटवलमा १५ जना बिरामी भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगर र वडा नम्बर १२ नयाँगाउँमा बिरामी भएका १५ जना मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
जंगलबार ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार जंगलबार ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएको हो ।
गम्भीर अवस्थाम रहेको पाँचै जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको छ । अन्य बिरामीको अवस्था सामान्य रहेको छ ।






