आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

   १४ असार २०७९, मंगलवार १७:४६  

१४ असार, चितवन । आफ्नै आमाको हत्या आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन् ।

जिल्लाको माडी नगरपालिका वडा नम्बर ६ स्याउलिवासका ३७ वर्षीय अर्जुन तामाङलाई आमाको हत्या आरोपमा नियन्त्रणमा लिएको छ ।

धारिलो हतियार प्रहार गरेर ५५ वर्षीय माया देवी तामाङलको हत्या गरेको अभियोगमा अर्जुनलाई सोमबार साँझ नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घरको मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको भन्ने सूचना प्रएलगत्तै इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।