सर्लाहीबाट ६ जना जुवाडे पक्राउ
६ असार, सर्लाही । हरिवन नगरपालिकाबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको हरिवन नगरपालिकास्थित बजार क्षेत्रबाट आइतबार साँझ ६ जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
लामो समयदेखि सो स्थानमा जुवा खाल संञ्चालन भएको भन्दैँ गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । अनुसन्धानका लागि पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय हरिवनमै राखिएको छ ।
पक्राउ परेका उनीहरुको विवरण र उनीहरुसंग बरामद भएको रमक बारे जानकारी दिनमा प्रहरीले आलटाल गरिरहेको स्रोतले जनाएको छ ।






