सर्लाहीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु
५ असार, सर्लाही । सर्लाहीको छटीघाट पुलबाट कार खस्दाँ एक बालकको मृत्यु भएको छ ।
जिल्लाको धनकौल गाउँपालिका वडा नम्बर ५ स्थित छटीघाट पुलबाट कार शनिबार गएराति तल खस्दाँ ४ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर रौतहटको बृन्दावन नगरपालिका ४ का शुभलाल यादवका ४ बर्षीय छोरा गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
७ जना सवार भएको कार सर्लाहीको छतौनाबाट रौतहटको वृन्दावन हरैया तर्फ जादैँ गरेको अवस्थामा दुर्घटना थियो । भारतीय नम्बरको कार हिजो राति १ बजे पुलबाट अन्दाजी १५ फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका ६ जनामध्ये एक जनाको अवस्थामा गम्भीर रहेको छ । घाइते भएका सबैलाई उपचारको लागी बरहथवा स्थित एडभान्स संजिवनी अस्पताल भर्ना गरिएको छ ।
दुर्घटना पश्चात् फरार भएको कार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






