वृन्दावन नगरपालिकाका मेयरले गरे सडक ढलानको उद्धघाटन
३ असार, रौतहट । वृन्दावन नगरपालिकाका नगर प्रमुख (मेयर) विनोद प्रसाद कुर्मीले सडक ढलानको उद्धघाटन गरेका छन् ।
रौतहटको वृन्दावन नगरपनलिकाका मेयर कुर्मीले आज पालिकाको वडा नम्बर ८ अन्तर्गत पर्ने आँकडपाथर गाउँको बाटोमा सडक ढलानको उद्धघाटन गरेका हुन् ।
सडक ढलानको उद्धघाटन गर्दै आँकडपाथरको विकास निर्माणमा अग्रसर हुँदा आफूलाई खुशी महसुस भएको बताए ।
सडक उद्धघाटन कार्यक्रममा नगरप्रमुख कुर्मी सहित वडा नम्बर ८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह, बिधायक हसिमा खातुन, वडा नम्बर ९ का वडा अध्यक्ष प्रवेज आलम, कार्यपालिका सदस्य राजेश पासवन, नेकपा एसका नेता सलामोदिन दर्जी, राजेश यादव, पप्पु साहलगायत स्थानीयहरु सहभागि भएका थिए ।






